एनएलजी इन्स्योरेन्सको १६ औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंमा कम्पनीको एजीएम सम्पन्न भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७र०७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, यस सभाले प्रस्तावित बोनश शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ पुगेको छ । सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरूको समुह (ख) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरू सालिनी राणाशाहा र डा. भरतकुमार थापालाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स