२४ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा आइपुगेको छ । क वर्गको कम्पनीको सूचक जनाउने सेन्सेटिभ इन्डेक्स ४.६ अंकले घटेर ४७५.४७ विन्दुमा आईपुगेको छ ।

आज २२८ कम्पनीको सेयर ३७ हजार ४२९ पटक कारोबार भएको छ । ३७ लाख ८७ हजार ४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८९ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ट्रेडिङ उपसमूह बाहेक सबै घटेर राता भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह सर्वाधिक १७९.६४ अंकले घटेको छ ।

इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त संस्थान र नेष्डो समूद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स