सेञ्चुरी बैंकको ऋण १५ दिन भित्र तिरे विशेष छुट, नत्र कानुनी कारबाही अघि बढाइने

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले कोभिड-१९ का कारणले समस्यामा परेका ऋणीलाई सहुलियत दिने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै ऋण तिर्न नसकेकाहरुलाई लक्षित गर्दै छुट दिने स्किम ल्याएको हो।

कोभिड-१९ वा अन्य जुनसुकै कारणले ऋण नबुझाएका ऋणीको पैसा निष्क्रिय ऋणमा परिवर्तन भइसकेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। भेटेर वा सार्वजनिक सूचना तथा पत्राचार गर्दा पनि ऋणीहरु सम्पर्कमा आएका छैनन् ।

यस्ता ऋणीलाई सेञ्चुरी बैंकले १५ दिनको समय दिएर विभिन्न छुट दिने स्किम ल्याएको हो । यस्ता ऋणीले छुट पाउनका लगि बैंकको पुतलीसडकस्थित कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ।

खराब ऋणमा परिणत भएको ऋण १५ दिनभित्र भुक्तानी गरेमा बैंकले ब्याज, हर्जाना ब्याजलगायत ब्याजको ब्याजमा समेत निश्चित समयसम्मको लागि विशेष छुट दिने जनाएको छ । १५ दिनभित्र पनि नतिरेमा बैंकले कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स