काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सयले बढेर ९८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ५० रूपैयाँ कायम भएको छ ।