काठमाडौंमा ५७ औं आइटेक दिवस समारोह सम्पन्न

काठमाडौं । भारतीय राजदूतावासले चैत्र १५ गते काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरे ।

उक्त कार्यक्रममा माननीय शिक्षा मन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिको रुपमा थिए भने नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।

राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई राष्ट्रप्रति गरेको उल्लेखनीय सेवा र उनीहरुले प्राप्त गरेको उपलब्धिको कदर गर्दै सम्मान प्रदान गरे ।

नेपाली सेनाका अवकास प्राप्त अधिकृत र जलस्रोत तथा उर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे लगायतका आइटेक अलम्नाइहरुले भारतका विभिन्न संस्थानहरुमा तालिम लिँदाका दिनहरुको सम्झना गरे।

राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए ।

स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् ।

त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।

कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निबार्ध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको माननीय मन्त्री देवेन्द्र पौडेलले प्रशंसा व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स