राजस्व चुहावटको अभियोगमा भारतीय नगरिक विरुद्ध साढे ७ करोडको मूद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा भारतीय नागरिक विरुद्ध उच्च अदालत पाटनमा मूद्दा दायर गरेको छ । भारतको पश्चिम बंगाल, सिलगुरी थाना स्थायी घर भएका हाल काठमाडौं ताहाचल बसोबास गर्ने अमितकुमार अग्रवला विरुद्ध राजस्व चुहावटको मूद्दा दायर गरिएको छ । अग्रवाल विरुद्ध ७ करोड ६० लाख ६४ हजार रुपैयाँ बराबरको विगो तथा जरिवाना माग गर्दे चैत १६ गते मूद्दा दायर गरिएको हो ।

अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले कानून वमोजिमको बिजक जारी नगरी लुज विल/गैर विजग जारी गरी मालसामान बिक्री गर्ने गरिएको भेटिएको छ । अग्रवालले आफ्नो ब्यवसायबाट प्राप्त आयलाई आधिकारिक बिक्री आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको साथै आयकर ऐन तथ मूल्य अभिवृद्धि कर तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको आरोप छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण, पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क) (च) (ज) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २(छ१) हुन आउने मुअकर तर्फ ३ करोड १७ हजार ९९ रुपैयाँ र आयकर तर्फ ८० लाख १४ हजार ७५३ रुपैयाँ समेत जम्मा हुन आउने कुल विगो ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँलाई विगो कायम गरी उक्त कायम बिगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ (१) (ख) बमोजिम हदै सम्मको कैद सजाय माग गरिएको छ ।

निज प्रतिवादीबाट उल्लिखित बिगोमध्ये निजको बासस्थानबाट बरामदित नगद एक करोड ५० लाख रुपैयाँ ऐ. ऐनको दफा २३(१० र २३(१) बमोजिम जफत गरी बाँकी २ करोड ३० लाख ३१ हजार ८५२ रुपैयाँ असूल उपर गर्न राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण, पहिलो संशोधन) ऐन, २०५२ दफा २३ (१०)बमोजिम प्रतिवादी अमितकुमार अग्रवालसँग विगो असूल उपर गरी विगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स