ग्रीन भेन्चर्स कम्पनीको आईपीओ बाँडफाँड चैत्र २० गते हुने

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले निष्कासन गरेको आईपीओको बाँडफाँड यही आउँदो चैत्र २० गते हुने भएको छ ।

कम्पनीको साधारण सेयर को प्रि-अलटमेन्ट हिजो सम्पन्न भएको थियो । योसँगै क्यापिटलले आईपीओ बाँडफाँड चैत्र २० गते हुने जानकारी दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार सेयर निष्काशन गरेको हो ।

कम्पनीले ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुटाएको छ ।

सर्वसाधारणका लागि बाँकी रहेको २८ लाख ७५ हजार कित्ता छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स