सीवाईसी नेपाल लघुवित्तले ४ करोडको आईपीओ निकाल्ने अनुमति पायो

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने अनुपति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई आईपीओ जारी गर्नका लागि चैत ९ गते अनुमति दिएको हो । साधारण सेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गर्दै असोज ११ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन अनुमति प्राप्त गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिललाई तोकेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ । कम्पनीले देशका विभिन्न ३८ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स