काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् ।
कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा अमात्यलाई नियुक्त गरेको हो ।
यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा डा.आत्माराम घिमिरे रहेका थिए ।