घट्ने क्रममा सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ४ सयले घटेर ९८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स