नेपालका उत्कृष्ट ईस्पोर्टस प्रतिभाहरुको २०२२ पब्जी मोबाइल प्रो लिगको दक्षिण एसिया वसन्त यात्रा सुरु

काठमाडौं । यो अप्रिल महिना नेपालका उत्कृष्ट ईस्पोर्टसका खेलाडीहरुले देशको प्रतिनिधित्व गर्दै २०२२ पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) प्रतिस्पर्धामा भाग लिएसँगै नयाँ विजेता प्राप्त गर्ने छ । दक्षिण एसियामा रहेका पब्जी मोबाइलका उत्कृष्ट खेलाडीहरुले १ लाख ५० हजार अमेरिकी डलर का लागि प्रतिस्पर्धा गर्ने छन् र पीएमपीएल दक्षिण एसिया च्याम्पियनको ताज पहिरिने छन् ।

पीएमपीएलले नेपाल, श्रीलंका र मंगोलियाबाट यस प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न एकपटक क्वालिफायर आयोजना गरेको थियो । यस पीएमपीएल क्वालिफायरमा भाग लिनका लागि उदाउँदै गरेका पीएमपीएल टिमका साथै २०२१ को पब्जी मोबाइल तथा पीएमपीएल २०२१ प्रतिस्पर्धामा उत्कृष्ट रहेका टिमहरुलाई पनि आमन्त्रण गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलपछि ४ वटा टिम छनोट भएका थिए भने यसअघि भएका प्रतिस्पर्धामा गरेको प्रदर्शनका आधारमा ७ वटा टिमलाई आमन्त्रण गरिएको छ । यस वर्षको पीएमपीएल दक्षिण एसिया प्रतिस्पर्धामा २० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् जसमा ११ वटा नेपाली टिम रहेका छन् । पीएमपीएल दक्षिण एसिया २०२२ मा भाग लिने ११ नेपाली टिमहरु यस प्रकार छन् ः दा एट्राक्स ईस्पोर्टस, डेडआइज गाइज, भाइब्स ईस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टु किल, रअ ईस्पोर्टस, हाइ भोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा ईस्पोर्टस, ७सि ईस्पोर्टस र इलिमेट्रिक्स ।

पीएमपीएल दक्षिण एसिया २९ मार्चदेखि सुरु भएर चार हप्तासम्म संचालन हुने छ । हरेक साता २० टिमले साताको अन्तिममा हुने उत्कृष्ट १६ माझ हुने प्रतिस्पर्धामा आफ्नो स्थान पक्का गर्नका लागि खेल्नेछन् । चौथो हप्ताको अन्तिम प्रतियोगिता पश्चात सबै टिमले पाएको अंक गणना गरेर उत्कृष्ट टिम विजयी हुनेछ ।

नेपाल तथा दक्षिण एसियामा नै ईस्पोर्टस प्रतिको आकर्षण बढ्दै गएको देखिन्छ । पब्जी मोबाइल नेपालको सबैभन्दा ठूलो ईस्पोर्टस उपाधी हो भने ईस्पोर्टसकै प्रमुख कारक पनि हो । यो एक सामूहिक खेल हो जसमा आखा र हातको समन्वय र रणनीतिक सोच आवश्यक पर्छ । पछिल्लो समय एसियामा पब्जी मोबाइलप्रति आकर्षण बढेको छ र हाङजाउ २०२२ एसियन गेम्समा पनि यसलाई ईस्पोर्टस मेडल इभेन्टका रुपमा संलग्न गरिएको छ ।

टान्सेन्टको पब्जी मोबाइल ईस्पोर्टसले यो क्षेत्रकै ईस्पोर्टसको वातावरणलाई बढावा दिने प्रयास गरेको छ । यसैको फलस्वरुप प्रतिस्पर्धात्मक वातावरण कायम राख्न पीएमपीएलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने छ । पीएमपीएल ईस्पोर्टसको एउटा विधा हो जसमा क्षेत्रकै उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् र हाम्रो कौशलका आधारमा विजेता चुनिनेछन् । यो प्रतियोगिता प्रस्तिपर्धीहरु सहभागी देशमा प्रशारण पनि गरिने छ । टान्सेन्टको सामाजिक सञ्जालका एकाउन्टहरुका साथै नेपालको लोकल टिमको सामाजिक सञ्जालका एकाउन्टबाट पनि यो प्रतियोगिता प्रशारण गरिने छ ।
पब्जी मोबाइल ईस्पोर्टसले स्मार्ट टेक्नोलोजीको विकास तथा खेलको अनुभवलाई अद्वितिय बनाउन लागिपरेको ओप्पोसँगको आफ्नो सहकार्य कायमै राखेको छ । ओप्पोको एफ सिरिजसँग थप अद्भुत क्रियाकलापहरु सार्वजनिक हुनेछ ।

पब्जी मोबाइलको सम्बन्धमा

पब्जी मोबाइल प्लोयरअननोन्स ब्याटलग्राउण्ड्समा आधारित छ । सन् २०१७ यता यसले विश्वमा अन्तक्रियात्मक मनोरञ्जनात्मक माध्यमबाट आफूलाई स्थापित गरेको छ । यस खेलमा १०० जना खेलाडीहरु प्यारासुटमार्फत एउटा टापुमा ल्याण्ड गर्छन् र सबैलाई पराजित गर्छन् । खेलाडीहरुले आफ्नो लागि उपयुक्त हतियार, गाडी लगायतका आवश्यक सामाग्री आफैं खोज्नुपर्ने हुन्छ । साथै, समयसँगै घट्दै जाने खेल क्षेत्रमा रणनीतिक हिसाबमा सबै प्रतिस्पर्धीलाई हराउनुपर्ने हुन्छ ।

थप जानकारीका लागि कृपया पब्जी मोबाइलको फेसबुक, ट्विटर तथा युट्युब अकाउन्ट हेर्नुहोला ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स