अब चोभार सुक्खा बन्दरगाहबाटै कार्गो ल्याउन सकिने

काठमाडौं । चोभार सुक्खा बन्दरगाहबाटै मालवस्तु (कार्गो) ल्याउन पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र-२०७८ मा संशोधन गर्दै चोभार सुक्खा बन्दरगाहसम्मै मालवस्तु ल्याउन पाईने व्यवस्था गरिदिएको हो ।

राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै एकीकृत परिपत्र-२०७८ को संशोधनमा उक्त व्यवस्था गरिदिएको छ । अब व्यवसायीले अन्तर्राष्ट्रिय व्यापारका लागि चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय पनि तोक्न सक्नेछन् ।

परिपत्र अनुसार अन्तर्राष्ट्रि व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेको मालवस्तुको समेत प्रठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/FXMD-Circular-24_2078-79.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स