केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार सञ्चालन गर्ने

काठमाडौं । केसीएल अस्ट्यूट क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।
गरिमा विकास बैंकले केसीएल अस्ट्यूट क्यापिटलको ५१.२० प्रतिशत सेयर स्वामित्व खरिद गरेसँगै गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । अब उप्रान्त केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।

२०७८ असार ४ गते केसीएल अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंकबीच गरिमा विकास बैंक लिमिटेडद्वारा केसीएल अस्ट्यूट क्यापिटलको सेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र हस्ताक्षर भएको थियो । सोहि बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको चैत्र ७ गतेको पत्रबाट साविकको केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम केसीएल अस्ट्यूट क्यापिटलबाट परिवर्तन गरी गरिमा क्यापिटल कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स