शनिबार र आइतबार सार्वजनिक बिदा र सरकारी सवारीसाधनमा जोर विजोर प्रणालीमा सञ्चालन गर्न निगमको माग

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदा दिनु पर्ने प्रस्ताव गरेको छ । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरेको छ ।

‘सार्वजनिक तथा सरकारी सवारी साधनहरुको प्रयोग कम गराउन शिनबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन’ भन्ने निगमले मन्त्रालयलाई पठाएको १० बुँदे सुझाव पत्रमा देखिएको छ ।

पेट्रोलिय पदार्थहरु मध्ये पेट्रोल र डिजलको खपत कटौती गर्न संवेदनशिल क्षेत्र वा निकाय बाहेकका निजी तथा सरकारी सवारीसाधनहरुमा जोर विजोर प्रणालीमा सञ्चालन गर्नु पर्ने सुझाव निगमले दिएको छ ।

सरकारले केहि समयका लागि पेट्रोलियम पदार्थमा लिइदै आएको भन्सार शुल्क, भुअकर, पूर्वाधार शुल्क लगायतका शुल्कमा प्रति लिटर १५ रुपैयाँ र एलपि ग्यासमा प्रति सिलिण्डर २ सय रुपैयाँसम्म सरकारी शुल्कहरु मिनाह गर्नु पर्ने निगमको मागमा उल्लेख छ ।

साथै पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन गर्न माग गरिएको छ ।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ ।

निगमको १० बुँदे माग:

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स