६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा, को कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । स्थानीय चुनाव नजिकिदैं गर्दा ६ जिल्लामा काजमा प्रहरी प्रमुख खटाइएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहेका शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा तोकिएको छ ।

गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरूवा गरिएको छ।

बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ।

सिन्धुपाल्चोकमा एसपी रहेका राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ।

मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ।

पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरा पठाइएको छ ।

उनीहरूलाई सोमबार काज सरूवा गरिएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स