काठमाडौं । यो साता चीन र जापानबाट गरी कुल २४ लाख डोज कोभिडविरुद्धको खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख खोप आउने जानकारी दिएको हो । सरकारले चीनबाट भेरोसेल र जापानबाट अष्ट्राजेनेका खोप ल्याएन लागेको हो ।
यी दुबै खोप सुविधाको खोप हो । सो खोपमध्ये आज बुधबार ८ लाख र भोलि बिहीबार ८ लाख भेरोसेल खोप काठमाडौं आइपुग्ने मन्त्रालयले बताएको छ ।
चीनबाट अनुदानमा प्राप्त १६ लाख डोज भेरोसेल खोप दिने घोषणा यसअघि नै गरिसकेको छ भने र जापानबाट कोभ्याक्स सुविधा अन्तर्गतको १६ लाख डोजमध्ये बाँकी ८ लाख डोज अस्ट्राजेनेका खोप आउन लागेको हो ।
जापानबाट ल्याउन लागिएको ८ लाख डोज अस्ट्राजेनेका भदौ ६ र ८ गते चार/चार लाखको दरले ल्याउने योजना सरकारले बनाएको छ । यसअघि जापानबाट साउनमा दुई चरणमा गरी ८ लाख डोज अस्ट्राजेनेका खोप आएको थियो । यसैबीच भुटानबाट २ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आएको थियो ।
जापान र भुटानबाट आएको खोप पहिलो डोज कोभिसिल्ड खोप लगाएर बसेका नागरिकलाई लगाउन शुरु गरेको छ । ५ महिनाअघि कोभिसिल्ड खोप लगाएका साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार व्यक्तिलाई खोप दिन सुरु गरेको छ ।