नेशनल लाईफ इन्स्योरेन्सको घातक रोग वापतको उपचार दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचार दाबी भुक्तानी गरेको छ ।

कम्पनीको पथरी शाखाले घातक रोग बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर राईलाई कम्पनीको पथरी शाखाले निबासमा मै गई घातक रोग दाबी वापतको भुक्तानी प्रदान गरेको हो ।

बीमित राईले करिब ३ वर्ष अगाडि बीमाङक ५० लाख रुपैयाँको आफ्नो जीवन बीमा गरका थिए ।

बीमा गरेको करिब २ अर्ब पछि मृगौलामा जटिल समस्या प्रमाणित भएपछि उपचारका लागि ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हो ।

उक्त दाबी भुक्तानी कार्यक्रममा शाखाका कर्मचारी, अभिकृर्ता, गाउँका समाजसेवी लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स