ओपोलाई जीएलओएमओ अवार्ड्स २०२२मा ‘डिस्रप्टिभ डिभाइस इन्नोभेशन’ उपाधि

बार्सिलोना । एमडब्ल्यूसी२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओपोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेशन’ अवार्डद्वारा सम्मानित गरिएको छ ।

फाइन्ड एनमा रहेको हिन्ज एण्ड डिस्प्ले संघटनका लागि यो अवार्ड ओपोलाई प्रदान गरिएको हो ।

अवार्डको घोषणा मोबाइल वल्र्ड लाइभ मार्फत साशा ट्विनिंग र जन्टिन स्प्रिंघमद्वारा सह–प्रायोजित भर्चुअल समारोह मार्फत गरिएको हो ।

समारोहको स्ट्रिमिंग विश्वभरका दर्शकका लागि लिंक्डइन मार्फत गरिएको थियो ।

सीसीएस इनसाइटका कार्यकारी अध्यक्ष शाउन कोलिन्सको अध्यक्षतामा जीएलओएमओ अवार्ड्को सह–निर्णायक मन्डलीमा २०० स्वतन्त्र औद्योगिक विशेषज्ञ, अन्वेषक, पत्रकार, शिक्षाविद्, मोबाइल अपरेटर प्रतिनीधि तथा सीटीओहरुको सहभागिता रहेको यस अवार्डलाई मोबाइल उद्योगमा सर्वाधिक सम्मानित उपाधीका रुपमा लिइन्छ ।

डिस्रप्टिभ डिभाइस इन्नोभेशन क्याटेगरीले नयाँ प्राविधिक उत्पादनहरुमा कार्य सम्पादन तथा समग्र प्रयोगकर्ता अनुभवमा सुदृढिकरण ल्याउन हार्डवेयर तथा सफ्टवेयरमा भित्राइएका नवप्रबर्तनको विशेष मूल्यांकन गर्दछ ।

विशेषतः ओपोको फाइन्ड एनमा रहेको पृथक, स्व–विकासित हिन्ज मेकानिजमका साथै पृथक बाह्य डिजाइनका लागि यो उपाधी प्रदान गरिएको हो ।

सन् २०२१को अन्त्यतिर सार्वजनिक गरिएको फाइन्ड एन ओपोको पहिलो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन हो ।

कार्य सम्पादनमा सहजतार्थ विशेष ध्यान दिएर गरिएको यसको डिजाइनका कारण फाइन्ड एनलाई आवश्यकता पर्दा एकै हातले सहजताका साथ चलाउन सकिन्छ भने अनफोल्ड गरी ठूलो स्क्रिनको मज्जा पनि लिन सकिन्छ ।

विशेषतः फोल्डेवल फोन्सका स्क्रिनमा देखिने क्रिज समस्याको समाधानार्थ यसमा ओपोले आफ्नो फ्लेक्शन हिन्ज डिजाइन उपलब्ध गराएको छ ।

नयाँ हिन्जले स्क्रिन क्रिज घटाउने र विश्वसनीयता बढाउनुका साथै स्क्रिनलाई विभिन्न कोणमा समेत स्वतन्त्ररुपमा उभ्भिन (५०–१२० डिग्रि) सघाउँछ ।

हालका मिति सम्म आइपुग्दा फाइन्ड एनका लागि १० लाख भन्दा बढी अर्डर प्राप्त भइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स