रियलमीको आधिकारीक सर्भिस सेन्टर अब ईटहरीमा

काठमाडौं । विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले, ईटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए ।

रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे ।

पहिलो आधिकारिक सर्भिस सेन्टर सीटिसी मल, सुन्धारा काठमाडौँमा अवस्थित छ ।

रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरु माझ विक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ ।

यस सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिनेछ ।

जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो ।

उनका अनुसार विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने बताए ।

रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दावी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स