नेपाल राष्ट्र बैंकको सम्पत्ती १६ खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकसँग करिब १६ खर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन ३० गतेसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १५ खर्ब ८८ अर्ब ८५ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति देखिएको छ ।

राष्ट्र बैंकले आफ्नो सम्पत्ति मध्ये ६ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ लगानी गरेको छ । ५ खर्ब २० अर्ब २३ करोड रुपैयाँ राष्ट्र बैंकसँग नगद तथा नगद समान रहेको छ । ३ खर्ब ११ अर्ब रुपैयाँ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण तथा सापटी दिएको छ । ९१ अर्ब ४८ करोड रुपैयाँ बराबरको सुन तथा चाँदी राष्ट्र बैंकसँग रहेको छ । अन्य ऋण तथा सापटी १७ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकको कर्जा तथा दायित्व ११ खर्ब ८७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । चलन चल्तीमा रहेको नोट ६ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ छ । नेपाल सरकारको निक्षेप ३ खर्ब ३० अर्ब १७ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । अन्य निक्षे १३ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ छ । सरकारलाई तिर्नुपर्ने बचत रकम २ खर्ब ५० करोड रुपैयाँ छ । २ अर्ब ७९ करोड ३९ लाख कर्मचारी दायित्व रहेको छ । अन्य दायित्व १ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको पुँजीअंश ४ खर्ब १ अर्ब ५६ करोड रहेको छ । जसमा पुँजी ५ अर्ब र जगेडा कोष तथा बचतमा ३ खर्ब ९६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स