सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सयले घटेर १ लाख ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स