काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफा रकमबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले २०७८ साल असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी ६ करोड १५ लाखको ११ प्रतिशतले हुन आउने रकम ६७ लाख ६५ हजार बोनस सेयर र सो को कर प्रयोजनको लागि ०.५ प्रतिशतले हुन आउने रकम ३ लाख ३८ हजार २ सय ५० रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण भाबाट पारित भए पश्चात् लगानीकर्तामा वितरण हुनेछ ।