सुरुवाती समयमा चढेका र कारोबारको अन्त्यमा मूल्य सस्तिएका बीमा कम्पनी

काठमाडौं । अधिकांश बीमा कम्पनीको सेयर मूल्य बढ्दा पनि आज नेप्सेमा भारी गिरावट देखिएको छ । आज नेप्से ४१.४१ अंकले घटेको छ । नेप्सेमा ३१ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको भने सेयर मूल्य घटेको छ ।

बीमा समितिले बिहीबार जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र नर्जिवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउने निर्णय गरेको छ । अबको एक वर्ष भित्रमा बीमा कम्पनीहरुले उक्त रकम बराबरको चुक्ता पुँजी बनाउनु पर्ने हुन्छ । कम्पनीहरुले चैत १० गतेको ३० दिनभित्रमा आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नु पर्नेछ । पुँजी वृद्धिका लागि बीमा कम्पनीले मर्जर, हकप्रद, बोनस सेयरलगायतको विकल्प अघि सार्नेछन् ।
पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुले अधिकतम लाभांश दिने र हकप्रद जारी गर्ने सम्भावना रहेकाले लगानीकर्ताहरु बीमाको सेयरमा आकर्षित देखिएका छन् । समितिले तोकेको भन्दा कम पुँजी भएको कम्पनीको सेयर मूल्य बढ्ने धेरै लगानीकर्ताहरु आशावादी रहेका थिए । आज निर्जीवन बीमा उपसमूह भने १३२.७७ अंकले बढ्यो भने जीवन बीमा उपसमूह भने ९८.६१ अंकले घट्न पुगेको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पूनरबीमा कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेस, लुम्बिनी जनरल इन्स्योरेन्स, एनजिएल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ ।

बीमा समितिले तोकेको चुक्ता पुँजी भन्दा नेपाल लाइफ इन्स्योरेन्सको पुँजी धेरै छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सेयर ३.३० प्रतिशतले घटेर १ हजार ८५ रुपैयाँमा आईपुगेको छ । आजको कम्पनीको सेयर १ हजार १४४ रुपैयाँमा पहिलो कारोबार भएको थियो । १ हजार १६१ रुपैयाँसम्म कम्पनीको सेयर मूल्य पुगेको थियो ।

नेपाल पुनरबीमा कम्पनीको सेयर मूल्य ३.३७ प्रतिशतले घटेर ११४५.१० रुपैयाँमा आईपुगेको छ । १२०८ रुपैयाँमा कारोबार खुलेको कम्पनीको मूल्य १२३२ रुपैयाँसम्म पुगेको थियो ।

नेपाल इन्स्योरेन्सको सेयर मूल्य १.९३ प्रतिशतले घटेर ८६५ रुपैयाँमा आइपुगेको छ । ८९९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर ९३४ रुपैयाँसम्म पुगेको थियो ।

नेको इन्स्योरेन्सको सेयर १.८४ अंकले घटेर १०१५ रुपैयाँमा आइपुगेको छ । १०५४ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर १०७६ रुपैयाँसम्म पुगेको थियो ।

प्रभु इन्स्योरेन्सको सेयर मूल्य १.४१ प्रतिशतले घटेर ८२६.२० रुपैयाँमा आइपुगेको छ । ८५४ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको सेयर ८९३ रुपैयाँसम्म पुगेको थियो ।

एनजिएल इन्स्योरेन्सको सेयर मूल्य १.१५ प्रतिशतले घटेर ८५२ रुपैयाँ कायम भएको छ । ८७९ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको मूल्य ९२८ रुपैयाँसम्म पुगेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य १.०६ प्रतिशतले घटेर ७४५ रुपैयाँ पुगेको छ । ७६८ रुपैयाँमा दिनको सुरुवात गरेको कम्पनीको मूल्य ८०० रुपैयाँसम्म पुगेको थियो ।

युनाइटेड इन्स्योरेसको सेयर मूल्य १.०४ प्रतिशतले घटेर ६६७ रुपैयाँ कामय भएको छ । ६८७ रुपैयाँमा पहिलो कारोबार गरेको कम्पनीको मूल्य ७२५ रुपैयाँसम्म पुगेको थियो ।

एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३ रुपैयाँले घटेर ९२९ रुपैयाँ कायम भएको छ । ९५० रुपैयाँमा दिनको सुरुवात गरेको कम्पनीको मूल्य १००७ रुपैयाँसम्म पुगेको थियो ।

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य २ रुपैयाँले घटेर ६६८ रुपैयाँ कायम भएको छ । ६८१ रुपैयाँमा पहिलो कारोबार सुरु गरेको कम्पनीको मूल्य ७२१ रुपैयाँसम्म पुगेको थियो ।

पु्रडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य २ रुपैयाँले घटेर ६९५ रुपैयाँ कायम भएको छ । ७१० रुपैयाँमा पहिलो कारोबार सुरु गरेको कम्पनीको मूल्य ७३२ रुपैयाँसम्म पुगेको थियो ।

नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ३८ रुपैयाँले घटेर ८२६.१० रुपैयाँ कायम भएको छ । ९१८ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको मूल्य ९४० रुपैयाँसम्म पुगेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य २१ रुपैयाँले घटेर ७३९ रुपैयाँ कायम भएको छ । ७७५.२० रुपैयाँ पहिलो कारोबार गरेको कम्पनीको मूल्य ८०६ रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स