कामना सेवा विकास बैंकको १३४ औं शाखा धनगढीमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकले आज आइतबार चैत्र १३ गतेदेखि उक्त स्थानमा कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले सोसल मिडिया बैकिङ, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एसएमएस बैकिङवस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । आइतबार सञ्चालनमा आएको शाखासहित बैंकको १३३ शाखा, १ विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ एटीएसम मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स