काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सृेयर (आइपीओ) सूचीकृत भएको छ ।
आइतबार कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।
नेष्डो लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिसेयर न्यूनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म पाउने देखिएको छ ।
नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने भएको कारण सो रेञ्ज पाउने देखिएको हो ।
नेष्डो लघुवित्तको वास्तविक नेटवर्थ २६० रुपैयाँ ८४ पैसा रहेको छ । सेयर सूचीकृत भएसँगै सोमबार (भोलि)बाट कम्पनीको सेयर कारोबार गर्न सकिने छ ।
कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल रहेको छ । सेयर बाँडफाँड गर्न आयोजित कार्यक्रम मै कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको थियो ।
कम्पनीले फागुन ११ देखि चैत्र १५ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ ।