नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेनक (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार एसियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्तको गरि कुल ५९ लाख ३० हजार ४ सय ७०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसअनुसार, एसियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतले हुन आउने ५२ लाख ९० हजार ७ सय ४२.७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सबैको लघुवित्तको ३१.०५ प्रतिशतले हुन आउने ६ लाख ३९ हजार ७ सय २७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स