मन्त्री अथकसँग बंगलादेशी युवाहरुको भेटघाट

काठमाडौं । बंगलादेशबाट आएका युवाहरुको प्रतिनिधि मण्डलले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सँग भेटवार्ता गरेको छ । ग्लोवल युथ पार्लियामेन्टद्वारा आयोजित “नेपाल–बंगलादेश नेक्स्ट जेनेरेसन लिडर्सिप समिट–२०२२” सहभागी हुन नेपाल आएका युवाहरुले शुक्रबार मन्त्री अथकसँग भेट गरेका हुन ।

बंगलादेशका साँसद एवं विभिन्न क्षेत्रका अगुवा सहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री अथकले नेपाल र बंगलादेशबिचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । उनले नेपाल तथा बंगलादेशका युवाहरुबिचको सम्बन्धलाई थप उचाईमा पुर्याउँदै आपसी सहयोग तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

भेटमा बंगलादेशी प्रतिनिधि मण्डलका सदस्यहरुले मन्त्री अथकलाई मायाको चिनो स्वरुप विभिन्न सामग्रीहरु प्रदान गर्नुका बंगलादेश भ्रमणको निम्ता समेत दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स