जगदम्बा स्टिल्सद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देशमा निर्यातको थालनी

काठमाडौं । देशकै अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।

जगदम्बाले सुपर साइन र ग्याल्भा प्लसका जस्ता पाता निर्यातको सुरु गरेको हो ।

जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटली र म्यानमारमा निर्यात हुन थालेको हो ।

जगदम्बा स्टिल्सले केही समय अगाडि मात्रै ‘सीआर सिट एन्ड कोइल्स’ हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो।

जगदम्बा ग्याल्भा प्लस,प्रिमियम एल्युमिनियम–जिंक कोटेड सिटलाई ग्याल्भल्युम पनि भनिन्छ । जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्युमिनियम ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित हुन्छ ।

कम्पनीले अन्य उत्पादनको तुलनामा जगदम्बा ग्याल्भा १० गुण बढी टिकाउ रहेको दाबी गरेको छ ।

जगदम्बा सुपर शाइन प्रिमियर रंगद्धारा कोटिङ गरिएका पाताहरुले उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएको छ । जसले पेन्ट फुट्न र चर्किनबाट रोक्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले हाल एक लाख ३२ हजार टन ग्याल्भा प्लस र एक लाख १० हजार टन सुपर शाइन उत्पादन गर्दै आएको छ । नेपालमा दुवै उत्पादन गरेर दुई लाख ५० हजार मेट्रिक टन खरिद गरिरहेको कम्पनीले जनाएको छ ।

उद्योगको कुल उत्पादन क्षमताको ४० प्रतिशत उत्पादन निर्यात गर्ने गरी काम गरिरहेको जनाएको छ ।

वाषिर्क ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स