रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७६।७७ को अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले प्रकाशित गरेको बोनसदर अनुसार बीमितहरुले प्रतिहजार न्यूतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् । इन्स्योरेन्सले विभिन्न ९ बीमा योजनाका विभिन्न अवधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतका बीमितलाई न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ ।

जसमा ५ देखि ९ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ६२ रुपैयाँ र २० वर्षभन्दा माथिका बीमालेखहरुमा प्रतिहजार ७० रुपैयाँ उपलब्ध गराउने भएको हो ।

त्यस्तै, रिलायबल लघु सावधिक जीवन बीमालेख र बीमा समिति लघु सावधिक जीवन बीमालेख अन्तर्गतका सबै अवधिका बीमितहरुलाई प्रतिहजार ३० रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ ।

साथै कम्पनीले रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजना अन्तगर्तका सबै बीमा अवधिका बीमितहरुलाई प्रतिहजार १३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यसका साथै कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख अन्तर्गतका बीमितहरुलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३७.५ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ ।

यस बीमालेखअन्तर्गत ५ देखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३२ रुपैयाँ र २० वर्षभन्दा माथिका लागि प्रतिहजार ३७।५ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

त्यस्तै, रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) अन्तर्गतबा बीमितहरुले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

यो बीमालेख अन्तर्गत ५ देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ६२ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा आजिवन बीमा योजना अन्तगर्तका सबै बीमा अवधिहरुका बीमितहरुलाई प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजना अन्तर्गत १०, १२ र १४ वर्ष अवधिका लागि ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यसका साथै कम्पनीले रिलायबल समुन्नती जीवन बीमा योजना अन्तर्गतका सबै बीमा अवधिका बीमितहरुका लागि प्रतिहजार २० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स