सनराइज बैंकले प्रदेश २ को विभिन्न स्थानमा ‘वित्तिय साक्षरता कार्यक्रम’ सम्पन्न

काठमाडौं । सनराइज बैंकले प्रदेश २ को विभिन्न स्थानमा ‘वित्तिय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।

बैंकले मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहको अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल बैंकर्स संघसँग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागी भई वित्तिय सेवा बारे जानकारी प्रदान गरेका थिए ।

वित्तिय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धकअपछ कुमार याद समेत गौरको कार्यक्रममा सहभागी भएका थिए ।

उनले वित्तिय साक्षरताको महत्व पैसाको प्रयोग र उपयोगिता बारे सहभागीहरुलाई जानकार रहन आग्रह गरेका थिए ।

एक सयजना भन्दा बढी स्थानिय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमहरुमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स