लुप नेटवर्क्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । लुप नेटवर्क्सले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ४ करोड रकम बराबरको १०० अंकित दरका चार लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त गरेको छ।

एनआईसी क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आईपीओ जारी हुन लागेको हो ।

यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीहरुलाई आईपीओ जारी गर्ने चरणसम्म पुग्न आवश्यक सम्पूर्ण परामर्श दिंदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स