नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार मन्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मन्जुश्री फाइनान्सको ४० प्रतिशतले आउने ३८ लाख ६१ हजार ५ सय ७९.५६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ८२ हजार ४ सय ८२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स