इटलीको विश्वकप खेल्ने सपना अधुरो, छनौट हुने देशको संख्या १९ पुग्यो

काठमाडौं । कतारमा हुन लागेको विश्वकप खेलबाट इटाली बाहिरिएको छ । नर्थ मेसोडोनियासँग १-० गोल अन्तरले पराजित भएसँगै इटालीको विश्वकप खेल्ने सपना अधुरो भएको हो ।

अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट हानेको गोलले इटली विश्वकपमा छनोट हुनबाट असफल भएको हो ।

योसँगै इटली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ ।

विश्वकपको लागि छनौट हुने देशको संख्या १९ पुगेको छ ।

पछिल्लो खेलहरुबाट जापान, साउदी अरेबिया, इक्वेडर र उरुग्वे छनौट भएका छन् ।

त्यस्तै, आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना, इरान र साउथ कोरिया यस अघि नै छनौट भईसकेका छन् ।

सन् २०२२ मा हुने कतार विश्वकप २१ नोभेम्बर देखि १८ डिसेम्बर सम्म संचालन हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स