पिग पार्कमा जम्दै युवा उद्यमी

काठमाडौं । कतै फोहोरको डुंगुर देखियो अर्थात कुनै ठाउँ फोहोर लाग्यो भने कस्तो बंगुरको खोर जस्तै रहेछ भन्ने चलन हामी माझ मेटन सक्ने अवस्था अझै बनिसकेको छैन । शरिर भरि हिलो वा लतपतिएको फोहोर, गनाउने वा कुहिएको चिज खाने जनावरको रुपमा बंगुरको पहिचान स्थापित भएको छ हाम्रो समाजमा ।

तर, पिग पार्कमा पालिने बंगुरलाई बासी सडे गलेको होटलबाट उग्रेको खाना नखुवाई शुद्ध दाना र धाराको टुटीमै मुख जोडेर पानी खाने व्यवस्था मिलाइएको छ । बंगुर बस्ने खोर सफा चट्ट मिलेको पक्की र ओभानो छ । दिनमा ३ पटक खोर सफा हुन्छ, न गन्ध आउँछ, बेलाबेलामा दाना र पानी खुवाउने तालिका बनेको छ । सोही तालिकाअनुसार बंगुर पनि अनुशासित र सुग्गरी बनेका छन् । यहि परम्परागत अभ्यासलाई तोड्न, आन्तरिक उत्पादन बढाउन तथा देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले नमूना बंगुर फार्म खोल्ने योजना अघि बढायो ।

 

सोहि योजनामा होमिए मनमा केहि नयाँ काम गर्ने अठोट, आँट र जोश भएका ९२ जना युवा । युवाको एक जमात मिलेर सरकारले स्थापना गरेको पोखराको पिग पार्कमा ‘कृषि उत्पादन र आत्मनिर्भरताको लागि’ मित्रता एग्रो प्रालि खुल्यो २०७६ साल साउन ९ गते ।

‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ स्थापित ‘युथ कम्युनिटी क्लब’ कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी कै सेयरमा मित्रता एग्रो प्राली स्थापना गरी कोभिडको महामारीकै बीच पोखरामा बंगुरपालन थालेको हो ।

सानो सानो पुँजी जम्मा गरेर स्थापना भएकोे एग्रो प्रालिमा बंगुर पाल्न युवा राजी भएर ४ हजार ७६० स्क्वायर फुट क्षेत्रफलमा बंगुरपालन शुरु गरे । २० देखि ४५ वर्ष उमेरका युवाले उद्यम गर्ने उद्देश्यका साथ कास्कीको सहरेतरामा ३ सय क्षमताको खोर र हेरचार गर्ने व्यक्तिका लागि बासस्थान बनाए ।

मित्रता एग्रोले १९ लाख ४ हजार रुपैयाँमा आवश्यक पूर्वाधार तयार पारेर शुरुमा ४८ वटा बंगुरका बच्चा ल्याएर बंगुर पालन शुरु भयो । मासु उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको सो फर्मबाट उत्पादित मासु अन्य परम्परागत तवरबाट पालिएका बंगुरको मासुभन्दा स्वादिष्ट बन्यो । माग बढ्दै गयो ।

तर, यस्तो अग्र्यानिक मासु बिक्री गर्ने निश्चित ठाउँ अझै बन्न सकेको छैन । उपभोक्ताले पनि अन्य बंगुरको मासुभन्दा प्रतिकेजी २० रुपैयाँ बढी तिरेर भएपनि मित्रता एग्रोले उत्पादन गरेको मासु खोज्न थाले । युवाहरूको जोश जाँगरमा थप प्रोत्साहन मिल्यो । अब केही समयमा नै छुट्टै आउटलेट खोलेर आम उपभोक्ता माझ स्वादिष्ट मासु पुर्याउने योजनामा युवा अग्रसर भएका छन् ।

‘पोखराको बजारलाई नै धान्न सकिएको छैन, हाम्रो व्यवसाय पोखरामा मात्र सीमित गर्ने होइन, कमसे मक देशभर पुर्याउने हो,’ क्लवका पूर्व अध्यक्ष पूर्णकुमार श्रेष्ठले भने ‘युवालाई व्यवसायमा कसरी मिलाएर लैजान सकिन्छ भनेर हामी लागि परेका छौं ।’ आर्थिक समृद्धिका लागि हाम्रो मित्रता भन्ने अभियानका साथ हामी अघि बढेका छौं । अहिले देश विदेशमा गरी यस क्लबका ३ सयभन्दा बढी युवा सदस्य बनिसक्नु भएको छ ।’

बजारमा बंगुरको मासुको माग बढेपछि उनीहरूमा थप ऊर्जा थपिएको छ । साच्चै गर्न सके हुँदो रहेछ भन्ने सन्देश फैलिन थालेको छ । बच्चा हुर्कदै गर्दा बंगुर पनि थपिदै गए । पिग पार्कभित्र रहेको मित्रता एग्रो प्रालिले २ सय बंगुर पुर्याउन लागि सकेको थियो । त्यति नै बेला आएको ‘खोरेत रोग’ को कारण फेरि समस्या आइ लाग्यो । खोरेतबाट छुटकार पाएपछि अब कम्पनीले छिट्टै पूर्ण क्षमतामा बंगुर पाल्ने योजनाका साथ अघि बढेको छ ।

सरकारको ७० प्रतिशत र उद्यमीको ३० प्रतिशत लगानीमा निर्माण हुने भनिएको उक्त पिग पार्कमा सरकारले समयमै भने जति बजेट विनियोजन गर्न सकेन । बजेट अभावका कारण खोरहरू सञ्चालनमा आएपनि त्यहाँ निर्माण हुने भनेको खोरका साथै बंगुर बदशाला, क्यारेन्टिन, भेटनरीलगायतका पूर्वाधार अझै बन्न सकेको छैन । पोखरा उपमहानगरपालिका–३३, तालचोकमा पर्ने उक्त पिग पार्कमा अहिले ती युवा उद्यमीहरूको ८४ लाख रुपैयाँ लागनी भइसकेको छ ।

देशमा आर्थिक समृद्धिका लागि साथ, सहयोग र सहकार्य गर्ने अभियानका साथ जुटेका ती युवा उद्यमीले उत्पादन गरेको बंगुरको मासु पोखरामा लोकप्रिय बनिसकेको छ । छिट्टै उत्पादन बढाएर देशभर बंगुरको स्वादिलो मासु पुर्याउने योजनामा एग्रो प्रालि रहेको सञ्चालक तथा व्यवस्थापक कृष्ण प्रसाद दाहालले सुनाए ।

‘हामी दाना खुवाएर बंगुर उत्पादन गछौं,’ उनले भने ‘सोही कारण मूल्यमा प्रतिस्पर्धा गाह्रो भएको छ । फोहोर दाना खुवाएर पाल्दाको भन्दा व्यवस्थित र व्यवसायिक हिसावले पाल्दा खर्च बढी लाग्छ । एक दिन बढी पाल्दा लगानी बढ्छ । बजार मूल्यमा चुनौती छ, उपभोक्तालाई यसको स्वाद चखाउन सकियो भने हाम्रो बजार निश्चित छ । बेला बेलामा आउने प्राकृतिक अर्थात रोगसँग सामान गर्न पनि व्यवसायी आफै तयार हुनुपर्ने देखिएको छ । सरकारले यसमा खासै काम गर्न सकेको छैन ।

‘पिग पार्कमा भैपरि आउने समस्या समाधान गर्न तथा यसलाई नमूना पार्कको रुपमा विकास गर्न एउटा लगानी कर्ताहरूको समिति गठन भएको छ । वेस्टेज दाना खुवाएर बंगुर् पाल्ने र हाम्रो मूल्य मिल्दैन भनेर बारम्बार बैठक बसेर आवाज निकाली रहेका छौ,’ सञ्चालक दाहालले भने ‘ यसको निचोड आएको छैन । भावी दिनमा पिग पार्कमा व्यवसायीक कृषि गर्नका लागि आवश्यक मापदण्ड के के चाहिने हो भन्ने हाम्रो सरोकारको विषय हो ।’

‘हामीले गुणस्तरको मापदण्ड लगाउन सकेनौ भने उचित मूल्य पाउन सकिदैन । १ नम्बरको बंगुरलाई यति, २ नम्बरलाई यति, ३ लाई यति र ४ लाई यति भनेर गुणस्तर अनुसार मूल्य निर्धारण गर्न आवश्यक छ । यो प्रक्रियामा अघि बढ्न सकिएन भने कृषक उभो लाग्दैनन् । एउटा निचोड निकालेको छ । यस विषयमा कृषि सहकारीबाट अभियान चलाए पनि कार्यान्वयन पक्षमा भने फितलो छ ।

बजार र मूल्यको व्यवस्थापन कृषक आफैले गर्न सक्दैनन् । कृषक आफै बजारमा जाने हो भने औद्योगिकीकरण हुँदैन । कृषकले पाल्छ कम्पनीले बजार व्यवस्थापन गर्यो भने बल्ल बजारीकरण राम्रो र चुस्त बन्न जाने उनले सुझाए । बजारमा  यसरी पालिकएको बंगुरको मासु प्रतिकेजी ४३० पर्छ भने ३९० वेस्टेज दाना खुवाको बंगुरको मूल्य रहेको छ ।
सरकारले २६ करोड लागतमा निर्माण गर्न शुरु गरेको उक्त पिग पार्कमा आफै बच्चा उत्पादन गर्ने, विडिङ, मासु उत्पादनसम्मका काम हुन्छ ।

कृषकलाई सुविधा नदिएसम्म बंगुर उत्पादन हुँदैन । पछिल्लो समय ११ करोड लागतमा केही संरचना निर्माण भइसकेको छ । बंगुर विडर समितिले ३ लाखको अतिरिक्त्त लगानी गरेको छ । सहकारीसँग भइरहेको पैसा फ्रिज भइरहेको छ । उक्त रकमलाई बजारिकण, मार्केटिङमा लगाउन सकिरहेको छैन। जसले गर्दा कृषक मारमा परिरहेका छन् ।

४० लाखको सरकारी बंगुर बदशाला आधुनिकरणका लागि बजेट तर मापदण्डमा पिक पार्कको २ किमी टाडा हुनु पर्ने । त्यो क्षेत्र पनि नपाएको छ । खोर आसपास बध गर्नु पर्ने बाध्यता छ । खोरेत रोगका बेला कति क्षति भयो भनेर हिसाब निकाल्न पनि सकिएको छैन । त्यसको प्रत्यक्ष असर हामीले भोगेका छौं ।

परियोजना आफैमा सुस्त गतिमा गयो । पिक पार्कमा जति खोर सञ्चालकहरु छन् उहाँहरुको सञ्चालक समिति बनाएर खोर भित्र बंगुर काट्नु हुँदैन भनेर कृषक आफैले बदशाला निर्माण गरिएको छ । गेट बाहिर । त्यो अस्थायी हो । अबको दिनमा बाहिरबाट बंगुर ल्याउँदा क्वारेन्टाइन गर्ने भन्ने सहमति भएको छ । लगानीको पाटोमा मिलिरहेको छैन । कृषकहरुले सहकारीले लगानी गर्नुपर्छ भन्नु भएको छ । सहकारी भने पुँजी नभएका कारण जिम्मा दिएर छोड्ने योजनामा छ ।

१६ वटा खोर बिडिङ र १७ वटा खोर मासु उत्पादनका लागि प्रयोग भइरहेको छ । पहिलो पटक भ्रमण गर्नेका लागि संरचना हिसाबले सबै कुरा उपलब्ध जस्तो देखिन्छ । पार्क भित्र ल्याब, स्टोर, बायो सेक्युरेटी त्यहाँ बाट उत्पादन हुने मल एउटा गाडीमा स्टोर गरिन्छ ।

यसलाई व्यवस्थापन गर्नका लागि बारम्बर छलफल भइरहेको छ । एउटा कृषकले आर्थिक पाटोदेखि बजारीकण सबैको व्यवस्था मिलाउनु पर्ने अवस्था छ । सरकारबाट राम्रो अनुगमन हुने हो भने ६ महिना भित्रमा औद्योगिक पिग पार्कको रुपमा सञ्चालन गर्न सकिन्छ ।

पिग पार्क सञ्चालक समितिले त्यही भित्र दाना व्यवस्थापन गर्ने । प्राविधिक नियुक्त गरेर भित्रबाटै काम भइरहेको छ । प्रयोगशालाका लागि आवश्यक उपकरणको अध्ययन भइरहेको छ । औषधि भित्र राखिएको छ । क्वारेन्टाइनको व्यवस्था छ । एउटा खोरमा बंगुर मरेर क्षति भइरहेको छ भने अन्य स्रोतलाई कसरी जुटाउने भन्ने समस्या छ । यी समस्या व्यवस्थापन गर्ने हो भने ।

 

१ वर्ष भित्रमा पूर्ण औद्योगिक पार्कको रुपमा देख्न सकिन्छ । तालिम र शौक्षिक भ्रमण गर्न सकिन्छ । बिडरको लागि गुणस्तर बढाउन सकिन्छ । त्यसका लागि अध्ययन भएको छ । उचित व्यवस्थापन नहुँदा जुन एउटा सोच विचार , युवा व्यवसायीहरुको साथ, सहयोग र सहकार्यका लागि मूल नाराका साथ क्लब गठन गरेका थियौं ।

त्यस क्लबमा रहेका साथी आर्थिक समृद्धिका लागि मित्रता भन्ने लगानी कम्पनी सञ्चालन गरेर पिग पार्कमा मित्रता एग्रो प्रालि गठन गरेर । २०७६ साउन ९ गते सुरु गरेको हो । खोरका लागि १९ लाख ४ हजार, एक लाख रुपैयाँ वासस्थान निर्माण, ८४ लाख अनुमाति लागत । अहिले न्युनतम ६० लाख रुपैयाँ लगानी गरिसकेका छौं ।

बाँकी रहेको चरणगत रुपमा ९२ जना भित्रता इन्भेष्टमेन्ट कम्पनीमा छौं । उत्पादित मासुको डाटा हेर्नु पर्ने हुन्छ । नाफा र घाटाको चरणमा पुगेका छैनौं । बच्चा उत्पादनलाई रोक लगाइएको थियो । बंगुर बिडर सहकारीसँग सहकार्य गरेर हामीसँग भएको बंगुरलाई माउमा परिणत गरिएको छ । माउमा रोग लागेकाले बाहिरबाट ल्याउन निषेधित गरिएको छ । भित्र भएका बच्चा पर्याप्त छैन । बच्च किन बेच बन्द गरिएको छ ।

१९६ वटा क्षमता पुर्याएको थियौं । रोगका कारण सयको हाराहारिमा झरेको छ । अबको एक महिना भित्रमा ४० देखि ६० वटा थप गर्ने योजना बनाएका छौं । बच्चा पनि उत्पादन हुँदै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स