ठूला खेलाडी सस्तो मूल्यमा सेयर उठाउँदै

काठमाडौं । ठूला लगानीकर्ताहरु सस्तो मूल्यमा सेयर उठाउने योजनामा रहँदा नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । बजारमा ठूलो उतार चढाव आउन नदिई ठूलो लगानीकर्ताहरुले सस्तो मूल्यमा सेयर उठाइरहेको एक लगानीकर्ताले जानकारी दिए ।

निर्वाचन नजिकैसँग तरलता बढ्ने र बैशाखमा ब्याजदर नबढ्ने अनुमानका साथ ठूला लगानीकर्ताहरुले ठूलो परिणाममा सेयर उठाइरहेका छन् । बजार तल्लो विन्दुमा पुगेको समय सेयर उठाउने र माथिल्लो विन्दुमा पुगेको समयमा बिक्रीमा चाप देखाइरहेका छन् । यसरी पुन बजारलाई तल्लो विन्दुमा स्थिर राख्न ठूला लगानीकर्ता सफल भइरहेको ती लगानीकर्ता बताउँछन् ।

आज नेप्सेमा उतार चढाव देखिएको छ । सुरुवाती समयमा केही अंकले
बढेको नेप्से त्यसपछि घटेको थियो । त्यसपछि पुन बढ्न थालेको नेप्से केही समयपछि भनेर घटेर बन्द भएको छ ।

आज नेप्से १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको सेयर ४५ हजार पटक कारोबार भएको छ । ५२ लाख ९८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स