लघुवित्तको ३१ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तको ३१ लाख २८ हजार ८२७.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स