अपि पावरले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गर्नेछ ।

यसअनुसार चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ।

यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

साथै उक्त हकप्रदमा लगानीकर्ताले २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स