नेपाली बजारमा ओपो ए७६ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ ।

ओपो ए७६ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको छ ।

ओपो ए७६मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

पृथक स्टाइलिश डिजाइन

ओपो ए७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी छ । यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक पनि छ ।

ग्लोइंङ ब्ल्यू (नीलो) र ग्लोइंङ ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ ।

ओपो ए७६मा ८९.९% स्क्रिन–टू–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइन सहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ ।

भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ । फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ ।

फोनको साइडमा दिइएको यो पातलो फिंगरप्रिन्ट सेन्सर र बटन्सले फोनलाई अझ हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको छ ।

सहज र दिगो अनुभव प्रदान गर्न अनुकूलित हार्डवेयर तथा सफ्टवेयर

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ ओपो ए७६मा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच् क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ ।

यस फोनका साथमा ओपोले हार्डवेयरका साथै सुपर पावर सेभिङ्ग मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङ लगायत फिचर मार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ ।

क्वालकम स्न्यापड्रागन ६८०द्वारा सञ्चारित ओपो ए७६ मल्टिटास्किंगका लागि समेत उपयुक्त छ । ६ जीबी + १२८ जीबी क्षमताका साथमा सार्वजनिक यस फोनमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा १ टीबी क्षमता सम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ ।

पोट्रेट फोटोग्राफीमा सुदृढिकरणका लागि क्यामेरा अपग्रेड

ओपो ए७६मा १.१२माइक्रोन र एफ २.० एपर्चर सहितको ८एमपी फ्रण्ट क्यामेरा दिइएको छ । यसले ३२६४८२४४८ रिजोल्यूशन सहितको पोट्रेट शट्स लिन सकिन्छ ।

यसमा दिइएको परिस्कृत एआई नेचुरल रिटचिंग ब्यूटिफिकेशन प्रविधिले फ्रन्ट क्यामेराका लागि ब्लेमिस रिमुभल उपलब्ध गराई प्रयोगकर्ताका प्राकृतिक फेशियल फिचर्सको जगेर्ना गर्छ । यसका साथमा अब पोट्रेट्स कम प्रकाश भएका स्थानमा समेत चहकिला र स्पष्ट हुन्छ ।

फोनको पछाडी रहेका डुअल रियर क्यामेरा सेटअपमा माथिल्लो पट्टी १२एमपी एफ२.२ मेन सेन्सर र तल पट्टी सेकेन्डरीका रुपमा २एमपी बोके कयामेरा उपलब्ध गरिएको छ ।

यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २०ओटा कन्टिनुअस ब्रस्ट शट्स सपोर्ट गर्छ । यसमा रहेका फ्रण्ट र रियर दुबै क्यामेराले एचडीआर सपोर्ट गर्छन् । यसले अध्याँरो स्थानमा समेत विवरणको संरक्षण गर्ने क्षमता राख्छ ।

बजार उपलब्धता

ओपो ए७६ नेपाली बजारमा ग्लोइंङ ब्लु र ग्लोइङ्ग ब्लाकमा ६ जि.बी + १२८ जीबीमा उपलब्ध हुनेछ र यसको बजार मूल्य २९,९९०÷– रहने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स