बढ्दो क्रममा नेप्से, कारोबार रकममा देखिएन उत्साह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५४ अंकले बढेर २६४७.२० विन्दुमा पुगेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स २.०६ अंकले बढेर ४९८.३६ विन्दुमा पुगेको छ ।

आज २३५ कम्पनीको सेयर ३६ हजार ७७२ पटक कारोबार भएको छ । ५३ लाख २९ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमूह मध्ये १२ उपसमूह बढेको छ । सबै उपसमूह हरियो हुँदा ट्रेडिङ उपसमूह भने २६.५३ अंकले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स