काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ८ सयले बढेर १ लाख ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।