बलेफी हाइड्रोपावरले चैत्र १६ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चैत्र १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।

त्यस्तै, सर्वसाधारणले बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले आयोजना प्रभावितलाई सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स