नेपाल बैंक लिमिटेडद्वारा भक्तपुरको दूधपाटीमा आजदेखि सेवा विस्तार

भक्तपुर । नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा आजदेखि सेवा विस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवासुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको जनाइएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवाको शुभारम्भ गदै स्वदेशी लगानीलार्ई प्रोत्साहन गर्न आग्रह गरे । भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा. कृष्णप्रसाद पोखरेलले बैंकको सेवा विस्तारले नगरका पश्चिम भेगका जनताले सरल र सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे ।

नेपाल बैंक वाग्मती प्रदेश प्रमुख निरुजा श्रेष्ठले दूधपाटी काउन्टरको विस्तारसँगै भक्तपुरमा तीन शाखा र चार काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताए । कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दीपा पनेरुले भक्तपुरमा थप दुईदेखि तीन शाखा विस्तार गर्ने योजनाका साथ कार्य अघि बढिरहेको जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स