भारत सरकारको अनुदानमा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुंग जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, प्रतिनिधि सभाका माननीय सांसद योगेश भट्टराई र माननीय संविधानसभा सदस्य भुपेन्द्र थेवेले आज भारत सरकारको अनुदान सहयोगमा नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सो उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक(शिक्षिका, अभिभावक, छात्र(छात्रा लगायतको उपस्थिति थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड १० लाखको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुंगका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले ताप्लेजुंग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स