बढ्यो वैदेशिक व्यापार घाटा, १३ खर्बको आयात हुँदा डेढ खर्ब निर्यात

 


काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १३ खर्ब रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ भने १ खर्ब ४७ अर्बको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

यस वर्ष भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको भन्दा निर्यातमा भने नेपालले यस वर्ष राम्रै उपलब्धी हासिल गरेको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म गत आवको सोही अवधिको तुलनामा ८२.९० प्रतिशतले निर्यात बढेको छ ।

साउनदेखि फागुनसम्मको यो अवधिमा ८० अर्ब ७७ करोड रुपैयाँको वस्तु नेपालबाट बाहिरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । प्रतिशतका हिसावले आयातको तुलनामा निर्यात बढेपनि निर्यातको आकार नै सानो भएकोले यसले वैदेशिक घाटामा ठूलो रोल खेल्न सकेको छैन ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३४.५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब पुगेको छ । गत आवको फागुनसम्म यस्तो घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

व्यापार घाटा बढेपपनि आयात निर्यात अनुपात भने घटेको छ । यो वर्ष आयात निर्यात अनुपात ८.८६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तुलनामा आयात निर्यात अनुपात २४.२० प्रतिशतले घटेको हो ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.८६ प्रतिशत रहेको छ भने निर्यातको किस्सा १०.१४ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स