जाजरकोट । जाजरकोट-जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ ।
सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुंगासम्म सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन गरिएको छ ।
बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिए ।
बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई पत्र पठाएको छ ।
तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ ।
केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख धु्रव झाले बताए ।