काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । बैंकले एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋण स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
सो रकम बिहीबार गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । नागरिकका दैनिकी एवम् आर्थिक गतिविधि पुनःसञ्चालन गर्न खोप अपरिहार्य रहेको बताए । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी जीवन रक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप खरिद गर्न सो रकम उपलब्ध गराउन लागेको हो ।
नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।