निर्जीवन बीमा कम्पनीको सेयरमा १ अर्ब ६६ करोड लगानी, कुन कम्पनीको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको सेयर बजारमा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ६६ करोड ९७ करोड रुपैयाँ लगानी रहेको छ ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटा वटाले ३ करोडभन्दा बढी र ४ वटाले १० करोड रुपैयाँभन्दा बढी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । दुई निर्जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गरेका छैनन् ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सर्वाधिक लगानी गर्नेमा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल रहेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३१ करोड २० लाख रुपैयाँ लगानी रहेको छ ।

१९ करोड ६३ लाख रुपैयाँ सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्दै सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सर्वाधिक लगानी गर्नेमा शिखर इन्स्योरेन्स तेस्रो स्थानमा छ । शिखर इन्स्योरेन्सले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १५ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

दि ओरियण्टल इन्स्यारेन्स र एनएलजी इन्स्योरेन्सले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गरेका छैन ।
सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा कम लगानी गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ५२ लाख रुपैयाँ मात्र लगानी गरेको छ ।

कुन निर्जीवन बीमा कम्पनीको सेयरमा कति लगानी (रकम लाखमा)

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स