छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने

काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल काठमाण्डौंको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स