अबदेखि ग्लोबल आइएमई बैंकका ग्राहकलाई मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध

काठमाडौं । अबदेखि ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिने सुविधाको विकास गरेको छ ।

बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो ।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइलएप “न्यिदब िक्mबचत एगिक” वा वेभ “धधध।नयिदबयिलष्लिभ।नष्द।िअयm।लउ” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिनसक्ने छन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने बैंकले जनाएको छ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन ।

यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतवा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स