अब सिटिजन लाइफको बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न खल्ती एपसँग सहकार्य सुरु गरेको इन्स्योरेन्सले जनाएको छ ।

यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

पाँच हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स